२०८१ पौष २३, मङ्गलवार , ०२:०३:४९ बजे

Sajhamanch
'

शिवगञ्ज बजारमा ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य पदार्थहरुको बिक्री भइरहेको फेला

बुधवार, असोज १६, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले दोस्रो चरणमा मंगलबार शिवगञ्ज बजारको अनुगमन गरेको छ । चाडबाड नजिकै गर्दा बजारमा म्याद गुज्रिएका अखाद्य बस्तुहरुको बिक्री वितरण हुने गरेको पाइएपछि नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको हो ।

शिवगञ्ज बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका अखाद्य बस्तुहरु फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवशक्ति ट्रेडर्सको नाममा सञ्चालित किराना पसलमा २० थान कोल्ड ड्रिङ्क्स, ५ केजी लालमोहन लगायतका खाद्य सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।

उक्त सामाग्रीहरु नगरपालिकाले डिस्पोज गरेको छ । पसल सञ्चालक विजय साहका अनुसार हाल किराना भएको सटहरमा पहिले टे«डर्स रहेकाले बोर्ड परिवर्तन गर्न बाँकी रहेको हो ।

त्यस्तै बालाजी किराना स्टोरमा चाड मसला, घिउ, पापड, बिस्क्ुट, कोकाकोला, खानेतेल लगायतका बस्तुहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।

शिवगञ्ज बजारका १० वटा किराना पसलमा मसिनो गरी अनुगमन गर्दा बालबालिकाले खाने कुरमुरे, बिस्कुट, मिठाई लगायतका बस्तुहरु धेरै मात्रमा म्याद गुज्रिएका अवस्थामा भेटिएको अनुगमन समितिका संयोजक उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, नगरपालिकाका कर्मचारीहरु, नगर प्रहरीलगायतको सहभागिता थियो ।

सम्बन्धित खबर