२०८२ कार्तिक ३०, शनिवार , ०२:०५:०२ बजे

Sajhamanch
'

आज यी स्थानमा हल्कादेखि मध्यम वर्षा

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । देशका केही भूभागमा मंगलबार पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
शुक्रवार, कार्तिक २९, २०८२
आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२
आज यस्तो रहनेछ मौसम
बुधवार, कार्तिक २७, २०८२