२०८१ पौष २४, बुधवार , ०९:४८:१७ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिकाद्वारा धरमपुर बजार अनुगमन

सोमवार, असोज १४, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आजबाट बजार अनुगमन सुरु गरेको छ । चाडबाड नजिकिँदै गर्दा बजारमा अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको जनाइएको छ ।

आज शिवसताक्षी वडा नं. १ स्थित धरमपुर बजार अनुगमन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । बजार अनुगमनमा क्रममा पहिलेको जस्तो ठूलो परिमाणमा अखाद्य बस्तुहरु फेला नपरेको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

छिटपुट रुपमा केही पसलहरुबाट बिस्कुट, पाउरोटी, कोल्ड ड्रिक्सहरु म्याद गुज्रिएको अवस्थामा फेला परेपनि विगतका अनुगमनमा भेटिएजस्तो ठूलो परिमाणमा केही नभेटिएको उनले बताइन् । धरमपुरको एक मासु पसलबाट सडेको मासु फेला परेको थियो । उनले भनिन् त्यसलाई अनुगमन टोलीले खाल्डो खनेर तत्कालै पुरिएको थियो ।

अनुगमनका क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यापारीहरुले चाडपर्वमा म्याद गुज्रिएका सामाग्री बेच्ने गरेकाले अनुगमन गर्नु परेको बताइन् ।

कुुनै कुनै खाद्य सामाग्रीहरु स्थानीय व्यापारीहरुसँग आइपुग्दा नै म्याद गुज्रिने समयमा आइपुग्ने व्यापारीहरुले गुनासो गरेका छन् । व्यापारी भन्छन् हामीले सामान अडर गर्छाै, सामान हामीसँग आइपुग्दा नै म्याद सकिन लागेको हुन्छ । कतिपय सामानको हामीलाई पनि थाहा हुँदैन ।

अनुगमनका क्रममा १५ वटा पसलको नविकरण गर्न बाँकी र २ वटा पसल नयाँ दर्ता गर्नु पर्ने देखिएको अनुगमन टोलीका सदस्य तथा सहकारी विभाग प्रमुख बद्री दाहालले जानकारी दिए ।

सम्बन्धित खबर