२०८२ मंसिर २७ शनिवार , ०६:१४:२४ बजे

Sajhamanch
'

रंगेलीमा आगलागी, घर जल्दा १५ लाख बराबरको क्षति

सोमवार, असोज १४, २०८१

मोरङ । मोरङको रंगेलीमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट हुँदा १५ लाखबराबरको क्षति भएको छ ।

आइतबार साँझ ६ः४५ बजे रंगेली नगरपालिका– ९ शान्तिचोक बस्ने मुकुन्दप्रसाद कोइरालाको अढाई तले काठको घरमा अचानक बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट कोइरालाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १५ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ

आगलागी भएको भन्ने खबर इलाका प्रहरी कार्यालय रंगेलीमा प्राप्त हुनसाथ इप्रका दोमना र इप्रका रंगेलीबाट खटिएका प्रहरी,सशस्त्र प्रहरी ,दमकल र स्थानीयको सहयोगमा साँझ ७ः२५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

सम्बन्धित खबर