२०८१ पौष ६, शनिवार , ०३:०५:५३ बजे

Sajhamanch
'

एनएमसीमा कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सोमवार, असोज १४, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगतको युवा तथा विद्यार्थी सरोकार उपसमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रधान कार्यालय र कर्पोरेट कार्यालयको संयुक्त समूहले प्रथम स्थान हासिल गरेको छ ।

युवा तथा विद्यार्थी सरोकार उपसमितिका संयोजक गोपाल प्याकुरेलको अध्यक्षतामा शनिबार बिर्तामोडमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा संस्था अन्तरगतका विभिन्न व्यवसाय र सेवा केन्द्र कार्यालयहरु बीचको प्रतिष्पर्धा रहेको थियो ।

कर्मचारीहरुलाई संस्थाको नीति तथा कार्यविधि अध्ययन गर्ने बानीको विकास गराउन तथा संस्थाको बारेमा जानकारी लिने अवसरका रुपमा हरेक वर्ष हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।

संस्थाका सम्पूर्ण कर्मचारीहरु माझ आन्तरिक प्रतिस्पर्धा गर्दै विभिन्न चरण पार गरेर सम्पूर्ण व्यवसायलाई प्रतिनिधित्व गर्दै अन्तिममा टिम तयार गरेर प्रतियोगिता सञ्चालन गर्ने गरिएको संस्थाका सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले जनाएका छन् ।

संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनाली र लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालको विशेष मन्तब्यसहित सञ्चालित प्रतियोगितामा इलाम क्षेत्र दोस्रो र कनकाई रतुवा क्षेत्र ख तेस्रो भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र पाएका छन् ।