काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा ईपस्विच टाउन र एस्टनभिल्लाबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ ।
त्यस्तै राति सवा ९ बजे म्यानचेस्टर युनाइटेड र टोटनहम खेल्दैछन् । लिगका पाँच खेलमा युनाइटेड र टोटनहमको समान सात अङ्क रहेको छ । टोटनहम १० औँ र युनाइटेड ११ औँ स्थानमा रहेको छ ।
गएराति भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको छ । जीतसँगै लिभरपुलको छ खेलमा १५ अङ्क भएको छ ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान छ खेलमा १४ अङ्क छ । सिटीले गएराति भएको खेलमा न्यूक्यासलसँग एकरएक गोलको बराबरी खेल्यो ।
त्यस्तै अर्को खेलमा चेल्सीले ब्राइटनलाई र आर्सनलले लेस्टर सिटीलाई ४–२ गोलले तथा एर्भटनले क्रिस्टल प्यालेसलाई २–१ गोलले र फुलहमले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ ।
तेस्रो स्थानमा रहेको आर्सनलको समान छ खेलमा १४ अङ्क छ । त्यस्तै चौथो स्थानमा रहेको चेल्सीको छ खेलमा १३ अङ्क छ । ब्रेन्टफोर्ड र वेस्टह्यामले एक/एक गोलको बराबरी खेलेका छन् ।