२०८२ मंसिर २९ सोमवार , ११:४३:५६ बजे

Sajhamanch
'

यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षा

शनिवार, असोज १२, २०८१

काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार पनि भारी वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।

राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ। विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।

हावाहुरी भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, मंसिर २९, २०८२
आजको मौसम
आइतवार, मंसिर २८, २०८२
यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२