२०८१ मंसिर ६, बिहिवार , ११:३०:५१ बजे

Sajhamanch
'

सप्तकोशीमा यात्रुबाहक बस खस्यो

बिहिवार, असोज १०, २०८१

इटहरी । अहिले साँझ एउटा यात्रुबहाक बस सप्तकोशी नदीमा खसेर बेपत्ता भएको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो ।

घटना बारे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पुष्टि गरेका छन् । तर घटनाको पूर्ण विवरण प्रप्त भइनसकेकोले आफूहरु पनि घटनास्थल तर्फ जाँदै गरेको उनले बताए ।

उनका अनुसार यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ । ‘बस खस्यो भन्ने जानकारी आएको छ । हामी घटनास्थलतर्फ जाँदै छौं । थप केही खुलेको छैन’ तिवारीले भने ।

प्रत्यक्षदर्शीका अनुसार विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको हुनसक्छ । साँझ ६ः०५ बजेतिर बस खसेको अनुमान छ ।

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

सम्बन्धित खबर