असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मिति : २०८१/०५/३०
जिल्ला झापा बिर्तामोड – ४ बस्ने स्व. उषा दाहाल खत्री (सदस्य नं. ६४१५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल भदौ ३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई–२ बस्ने निजका श्रीमान देवबहादुर दाहालले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल भदौ ३० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी सैनिकमोड कार्यालय