२०८१ माघ १३, आइतवार , ०७:०४:०२ बजे

Sajhamanch
'

यी स्थानमा आज भारी वर्षाको सम्भावना

बिहिवार, असोज १०, २०८१

काठमाडौं । देशका केही भागमा अहिले वर्षा भइरहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। देशका तराई भागका केही स्थानमा हुरीको सम्भावना छ ।आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रमा बाढी, पहिरो, डुबानको जोखिमबाट सतर्क रहन उसले अनुरोध गरेको छ।

सम्बन्धित खबर

आजको मौसम
आइतवार, माघ १३, २०८१
मधेस र कोसीमा मन्द शीतलहर
शनिवार, माघ १२, २०८१