२०८१ कार्तिक २२, बिहिवार , ०६:१३:३५ बजे

Sajhamanch
'

अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक : गृहमन्त्री

बुधवार, असोज ९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको गलत गतिविधि भए कुनै हालतले स्वीकार्य नहुने बताए । अध्यागमन कार्यालय सम्बन्धी बाहिर नकारात्मक टीकाटिप्पणी हुने गरेको उनको भनाइ थियो ।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरूलाई निर्देशन समेत दिए । गृहमन्त्री लेखकले अध्यागमन सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।

सम्बन्धित खबर