झापा । १७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ ।
खेल भुटानको चाङलिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । भुटानसँग नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।
यसअघि भएको दोस्रो खेलमा श्रीलङ्कालाई ४ गोलले हराएको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।
नेपालको दुई खेलमा तीन अङ्क छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका खेल असोज १२ र फाइनल खेल १४ गते हुनेछ । गएको संस्करणमा नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको थियो ।