२०८१ माघ २६, शनिवार , ०८:१३:४३ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

बुधवार, असोज ९, २०८१

न्युयोर्क  । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।उनीहरुबीच राष्ट्रसङ्घका लालि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।त्यसअघि प्रधानमन्त्री ओलीले फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग पनि भेटवार्ता गरेका थिए ।

सम्बन्धित खबर