२०८१ कार्तिक २३, शुक्रवार , ०८:५२:४३ बजे

Sajhamanch
'

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

मङ्गलवार, असोज ८, २०८१

झापा । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ ।

क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ ।

आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ । ६ खेलमा पाँच अङ्कसहित ओमान छैटौँ स्थानमा छ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले, दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

सम्बन्धित खबर