२०८१ पौष २६, शुक्रवार , ०१:४८:२९ बजे

Sajhamanch
'

५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमा, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार

सोमवार, असोज ७, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव शून्य दुई अङ्कले घटेर २ हजार ५२९ दशमलव ३३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ३२९ वटा कम्पनीका १ करोड ३५ लाख कित्ता शेयर ५ अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

सम्बन्धित खबर