२०८२ पौष १ मङ्गलवार , ०७:१६:५२ बजे

Sajhamanch
'

आज हल्कादेखि मध्यम वर्षा

सोमवार, असोज ७, २०८१

काठमाडौं । देशका केही भागमा सोमबार बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा आंशिक बदली छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रही मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी, मधेश र बागती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, मंसिर २९, २०८२
आजको मौसम
आइतवार, मंसिर २८, २०८२
यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२