२०८१ पौष २७, शनिवार , ०३:२२:११ बजे

Sajhamanch
'

इङ्ल्यान्डसँगको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको लगातार दोश्रो जीत

आइतवार, असोज ६, २०८१

काठमाडौं । इङ्ल्यान्डसँगको दोश्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया ६८ रनले विजयी भएको छ । जीतसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलियाले २–० को अग्रता बनाएको छ ।

लिड्समा गएराति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इङ्ल्यान्डलाई २७१ रनको लक्ष्य दिएको थियो । तर इङ्ल्यान्ड ४० ओभर २ बलमा २०२ रनमा अलआउट भयो । उसका जेमी स्मिथले सर्वाधिक ४९ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा ग्लेन म्याक्सवेल, आरोन हार्डी र जोस हेजलवुडले समान दुई विकेट लिए । त्यसअघि अस्ट्रेलिया ४४ ओभर चार बलमा २७० रनमा अलआउट भएको थियो । उसका विकेटकिपर एलेक्स क्यारीले सर्वाधिक ७४ रन बनाए ।

यस्तै कप्तान मिचेल मार्शले ६० रन जोडे । इङ्ल्यान्डका ब्रायडन कार्सले तीन तथा ज्याकोब बेथहेल, म्याथ्यु पोट र आदिल राशिदले समान दुई विकेट लिए ।

शृङ्खलामा अस्ट्रेलियाको यो लगातार दोश्रो जीत हो । यसअघि पहिलो खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई सात विकेटले हराएको थियो । तेश्रो खेल पर्सि मङ्गलवार हुनेछ ।

सम्बन्धित खबर