२०८१ असोज ४, शुक्रवार , ०७:४७:१५ बजे

Sajhamanch
'

आर्मीले चन्द्रपुरलाई १० गोलले हरायो, चन्द्रा र अमिशाको ह्याट्रिक

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोलले हराएको छ ।

पहिलो हाफमा ५ गोल गरेको आर्मीले दोस्रो हाफमा थप ५ गोल गर्‍यो । आर्मीकी चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरिन् । यस्तै हिमा चौधरी, दीपा शाही, अञ्जना राना मगर र शर्मिला थापा मगरले समान १ गोल गरे ।

यो जीतसँगै आर्मी ७ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । चन्द्रपुर ७ खेलमा ७ अङ्कसहित छैटौं स्थानमा छ ।

सम्बन्धित खबर