२०८१ असोज ४, शुक्रवार , ०३:१४:१७ बजे

Sajhamanch
'

राष्ट्रपतिसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेस

शुक्रवार, असोज ४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरे ।

यस्तै राष्ट्रपतिसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले पनि आयोगको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर