२०८१ असोज ४, शुक्रवार , ०२:२१:३४ बजे

Sajhamanch
'

इलामका खेलकुद अध्यक्ष बाँस्तोलालाई ‘नेपाल खेलकुद सम्मान’

शुक्रवार, असोज ४, २०८१

बिर्तामोड । इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला काठमाडौँमा सम्मानित भएका छन् । बाँस्तोलालाई नेपाल खेलकुद सम्मान २०८१ बाट सम्मान गरिएको आयोजक प्रयास मञ्चले जनाएको छ ।

बुद्धवीर लामा तेह्रौँ एकल गीतिमय साँझमा बाँस्तोलालाई सम्मानपत्र प्रदान गरिएको हो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले उनलाई सम्मानपत्र प्रदान गरेका थिए ।

इलामको खेलकुद क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बाँतोलालई सम्मान गरिएको कार्यक्रम प्रमुख एवम वरिष्ठ गीतकार बुद्धवीर लामाले जानकारी दिए ।

जिल्ला खेलकुदको अध्यक्ष भएपछि बाँस्तोलाले विद्यालय खेलकुदलाई प्राथमिकतामा राखेका छन् । उनले इलामका सबै पालिकामा खेलकुद गतिविधि गराउँदै आएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हरेक वर्ष एक पालिकालाई झन्डा हस्तान्तरण गर्दै इलामका १० वटै पालिकामा आयोजना गर्ने अभियान उनले सुरु गरेका थिए ।

२०७९ को राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गर्दा इलामले कोशी प्रदेश सरकारबाट सम्मान पाएको थियो ।