२०८१ कार्तिक २४, शनिवार , ०९:४६:४४ बजे

Sajhamanch
'

प्रधानमन्त्रीको भ्रमणले ठप्प विमानस्थल खुल्यो

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणका लागि ठप्प पारिएको विमानस्थल खुलेको छ । प्रधानमन्त्री चढेको जहाज उडाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा घण्टा बन्द गरिएको थियो ।

उडान बन्द गर्दा करिब १५ जहाज प्रभावित भएका छन् । पोखराबाट काठमाडौंका लागि उडेका बुद्ध एयरको एउटा जहाज पोखरा नै फर्किएको थियो ।

पोखराबाट ११ः१५ मा उडेको उक्त जहाज ११ः४५ मा काठमाडौं विमानस्थल अवतरण गर्ने तालिका थियो । तर प्रधानमन्त्रीको उडानले गर्दा केहीबेर धादिङको आकाशमाथि होल्ड गरेर उक्त जहाज पोखरा नै फर्किएको थियो ।

क्वालालम्पुरबाट काठमाडौं आएको जहाज करिब २० मिनेट होल्ड गरेर भर्खरै अवतरण गरेको छ । भैरहवाबाट काठमाडौं आएको बुद्धको अर्को जहाज काठमाडौं माथि फन्को लगाइरहेको छ ।

विराटनगरबाट काठमाडौं आउन लागेको यती एयरलाइन्सको जहाज पनि होल्डमै छ । बैंककबाट काठमाडौं आएको थाई एयरको जहाज पनि आकाशमै फन्को मारिरहेको छ ।

सम्बन्धित खबर