२०८१ असोज ४, शुक्रवार , १२:१२:३० बजे

Sajhamanch
'

एन्फा महिला लिगमा एपीएफ क्लब र कोशी प्रदेश तथा त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिगमा आजदेखि सातौँ चरणका खेल शुरु हुँदैछन् । सातौँ चरणको पहिलो खेलमा आज विभागीय टोली एपीएफ क्लबले कोशी प्रदशेसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो साढे १२ बजे सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा शुरु हुनेछ । एपीएफ छैठौँ चरणसम्म अपराजित रहँदै ५ खेलमा जीत र एक खेलमा बराबरी खेल्दै १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

यस्तै कोशी प्रदेश तीन खेलमा जीत र एक खेलमा बराबरी खेल्दै १० अङ्कका साथ पाँचौँ स्थानमा छ । प्रतियोगिताअन्तर्गत आजै अर्को विभागीय टोली त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ ।

प्रतियोगितामा एक खेलमा पराजित आर्मीले एक खेलमा बराबरी गरेको छ । उसले चार खेल जितेको छ । आर्मी १३ अङ्कका साथ दोस्रो स्थानमा छ । ६ खेलमा १ जीत एक हार र चार खेलमा बराबरी खेलेको चन्द्रपुर नगरपालिका ७ अङेकका साथ छैठौँ स्थानमा छ ।

१० टोली सहभागी प्रतियोगितामा नेपाल पुलिस र वालिङ नगरपालिका अङ्क तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

सम्बन्धित खबर