२०८१ असोज ३, बिहिवार , १२:१४:३८ बजे

Sajhamanch
'

एन्फा महिला लिगमा बाग्मती युथ र वालिङ नगरपालिका खेल्दै

बिहिवार, असोज ३, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज बाग्मती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् ।

यो खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । अङ्क तालिकामा वालिङ पाँचौं स्थानमा छ । वालिङले ५ खेलमा ३ वटा जित्दै ९ अङ्क जोडेको छ ।

यस्तै आठौं स्थानमा रहेको बाग्मती युथले ५ खेलमा १ जीतसहित ४ अङ्क जोडेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

सम्बन्धित खबर