२०८१ कार्तिक २४, शनिवार , ०१:४३:३४ बजे

Sajhamanch
'

अफगानिस्तानले दक्षिण अफ्रिकालाई पहिलो पटक हरायो

बिहिवार, असोज ३, २०८१

काठमाडौं । दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत हात पारेको छ ।

अफगानिस्ताने अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो । योसँगै अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतबाहेक सबै पूर्ण सदस्य टोलीलाई पराजित गरेको छ ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा गएराति भएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १०७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

अफगानिस्तानका गुलबदिन नइबले नटआउट ३४ र अजमतुल्लाह ओमरजाईले नटआउट २५ रन बनाए । दक्षिण अफ्रिकाका बिजोर्न फर्टुनले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ३३ ओभर ३ बलमा १०६ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका वायन मुल्डेरले सर्वाधिक ५२ रन बनाए । अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।

अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ३ खेलको एकदिवसीय शृङ्खलाको दोस्रो खेल भोलि र अन्तिम खेल आउँदो आइतवार हुनेछ ।

सम्बन्धित खबर