२०८१ असोज ३, बिहिवार , ०७:१६:४० बजे

Sajhamanch
'

जन्मोत्सवको अवसरमा व्यवसायी राहत कोषमा बजगाईको सहयोग

बुधवार, असोज २, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा कृष्णप्रसाद बजगाईले ३५ हजार १०० रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नो जन्मोत्सवको दिन बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका बजगाईले राहत कोषमा आज रकम उपलब्ध गराएका हुन् ।

आफ्नो र आफ्ना परिवारका सदस्यको जन्मोत्सवमा हरेक वर्ष सामाजिक क्षेत्रमा लगानी गर्दै आएका उनले यो वर्ष संघले स्थापना गरेको ब्यवसायी राहत कोषका लागि रकम उपलब्ध गराएको जानकारी दिए । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सो अवसरमा बजगाईको सुस्वास्थ्य र आरोग्यताको कामना गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ । संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच उनलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष जीवन खड्का, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कुशल खतिवडा, उद्योग सचिव पुकार वराल, कोषाध्यक्ष युवराज निरौला लगायतले जन्मदिनको शुभकामनासहित बजगाईलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित खबर