२०८१ कार्तिक २४, शनिवार , ०४:०३:४१ बजे

Sajhamanch
'

दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

बुधवार, असोज २, २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो ।

ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।

सम्बन्धित खबर