२०८१ असोज ३, बिहिवार , ०४:३१:५२ बजे

Sajhamanch
'

पेनाल्टीमा चुक्दा चन्द्रपुर पुलिससँग बराबरीमा रोकियो

बुधवार, असोज २, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । चन्द्रपुरले खेलको ७० औं मिनेटमा पेनाल्टीको मौका पाए पनि त्यसलाई पुलिसकी गोलकिपरले रोकिन् ।

बराबरीसँगै पुलिस ६ खेलमा १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । यस्तै चन्द्रपुर ६ खेलमा ७ अङ्कसहित छैटौं स्थानमा छ । एन्फा महिला लिगमा आजै दोस्रो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् ।

यो खेल अहिले साढे ३ बजे शुरू हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

सम्बन्धित खबर