२०८२ जेठ ४, शनिवार , ११:०८:०२ बजे

Sajhamanch
'

शारीरिक सुगठनका हस्ति मोरङका प्रकाश राईको निधन

बुधवार, असोज २, २०८१

झापा । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।

बुधबार बिहान ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

फोनिक्स फिट्शालाका राईले केहीदिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

राई मोरङको बेलबारीका हुन् । उनी टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर