२०८१ पौष २४, बुधवार , १२:५२:२९ बजे

Sajhamanch
'

पाथिभरा इन्जिनियरिङ कलेजमा ओभरसियरका कक्षा सञ्चालन हुने

मङ्गलवार, असोज १, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजमा आजदेखि ओभरसियर कक्षाहरुका लागि भर्ना फारम खुलेको छ ।

एसइइ उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियर कक्षाहरु सञ्चालन हुने आज भएको पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल अनुज पराजुलीले जानकारी दिए ।

स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा बिइका नयाँ कक्षाहरु सञ्चालनका लागि दोस्रो चरणको प्रवेश परीक्षाका लागि फारम खुलेको कलेजका अध्यक्ष युवराज प्रसाईंले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो । कलेजमा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सञ्चालन हुँदै आएको छ ।