२०८१ मंसिर १२, बुधवार , ०८:३२:३५ बजे

Sajhamanch
'

क्यान्सर दिवसमा सचेतना कार्यक्रम

सोमवार, भदौ ३१, २०८१

भद्रपुर । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा आज क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका डा. आलोक ठाकुरको सहजीकरणमा क्यान्सर पहिचान, उपचार र बच्ने उपाय बारेमा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

भद्रपुर १० चन्द्रगढीस्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा सम्पन्न सचेतना कार्यक्रममा जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति, प्रशासन र विद्यार्थीहरूको सहभागिता थियो ।

संस्थाका कोषाध्यक्ष रामप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी भावना पोखरेल र क्याम्पस प्रमुख विवेक पोखरेलले मन्तव्य राखेका थिए । उपसभापति गंगाप्रसाद श्रेष्ठले सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए ।