२०८१ असोज २, बुधवार , ०५:४८:४३ बजे

Sajhamanch
'

शेयर बजार ५७ अङ्कले घटेर २६०० विन्दुभन्दा तल, कारोबार रकम ८ अर्ब पनि पुगेन

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर २ हजार ५८० दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुडविल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ७० लाख कित्ता शेयर सात अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

सम्बन्धित खबर