२०८१ असोज ३, बिहिवार , ०२:२४:०३ बजे

Sajhamanch
'

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छ : प्रदीप ज्ञवाली

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन्।

एमाले केन्द्रीय स्कुल विभागद्वारा आइतबार धनगढीमा आयोजित तीनदिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले दुई दलको सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको बताएका हुन्।

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एकढिक्का भएर सङ्गठन निर्माणमा जुटेको बताए।

उपमहासचिव ज्ञवालीले एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशील बन्न आग्रह गरे। उनलाई आफूले दशौं महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेको बताए।

ज्ञवालीले गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको बताए। विश्वविद्यालयको विधेयक संसद्मा अड्किएको बताउँदै उनले त्यसको निचोड चाँडै निस्किने विश्वास व्यक्त गरे।

सम्बन्धित खबर