२०८१ असोज ३, बिहिवार , १२:३५:०७ बजे

Sajhamanch
'

शेयर बजार ५० अङ्कले घटेर राताम्मे, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । दिनभर तीव्र उचारचढाव हुँदै शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अङ्कले घटेर २ हजार ६३७ दशमलव ७९ विन्दुमा झरेको हो । आज बिहान बजार खुलेदेखि नै उच्च अङ्कले बढेर नेप्से २७ सय ३४ विन्दुसम्म पुगेको थियो ।

रिभल फल्स पावर, हिमालयन हाइड्रोपावर कम्पनी, इस्टर्न पावर र रावा इनर्जीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । तर २ बजेदेखि उच्च अङ्कले ओरालो लागेर २६ सय ३६ विन्दुमा झरेको हो । आज थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज २ करोड ४८ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सीईडीबी हाइड्रो विकास कम्पनीको ६४ करोड ३८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

सम्बन्धित खबर