काठमाडौं । महिला परराष्ट्रमन्त्रीहरूको सम्मलेनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन्।
उनी सोमबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ। क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदैछ।
बैठकमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा विश्वभरका २० जना महिला पराष्ट्रमन्त्रीहरूको सहभागिता हुँदैछ।
उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानेछिन्। परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जानेछिन्।