२०८१ असोज २, बुधवार , ०४:३५:५२ बजे

Sajhamanch
'

संवैधानिक परिषद् अनिर्णित, अर्को बैठक ३१ भदौमा

शनिवार, भदौ २९, २०८१

काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

अर्को बैठक पर्सि सोमवार बस्ने भएको छ । यसअघि गएको बुधवार बैठक बस्ने भनिए पनि पूर्वतयारी नभएको भन्दै हिजो सारिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन्। अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि हुन सकेको छैन ।

न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम पठाइसकेको छ ।

हिजो परिषद बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेका थिए।

प्रचण्डले प्रधानन्यायाधीशसँगै संवैधानिक निकायका अरु रिक्त पदहरुको नियुक्तिको सिफारिस गर्दा राम्रो हुने सुझाव दिएका छन् । अहिले संवैधानिक परिषद्मा सरकार अल्पमतमा छ ।

सम्बन्धित खबर