२०८१ असोज २, बुधवार , ११:०७:४७ बजे

Sajhamanch
'

शिवसताक्षीका महिलाहरुले उद्यमशीलताः बिक्रीका लागि कपडाहरुको पसल खोलियो

शुक्रवार, भदौ २८, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ का महिलाहरुले उत्पादन गरेको सामग्री बिक्री वितरणका लागि आजबाट खुल्ला गरिएको छ ।

वडा नं. ६ को क्याम्पस रोडमा शिवगञ्ज उद्यमी महिला समूहले उत्पादन गरेको सामग्री बिक्री वितरणका लागि खुल्ला गरिएको हो । समूहले आज सामग्री बेचविखनका लागि पसल उद्घाटन गर्दै सर्वसुलभ मूल्यमा आफूले उत्पादन गरेको सामग्रीहरु बिक्रीमा राखिएको जनाएको छ ।

पसलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष मनोज खुलाल लगायतले गरेका थिए । पसल उद्घाटन पछि मन्तब्य राख्दै नगरप्रमुख थोप्राले महिलाहरुले आत्मनिर्भर भएर यसरी उद्योग सञ्चालन गरेकोमा उद्यमी महिला समूहलाई धन्यवाद दिए ।

‘उद्यमशीलता प्रवर्धन गर्न नगरपालिका र वडा कार्यलायले गरेको लगानीले सार्थकता पाएको छ र यहाँका दिदी बहिनीहरु उद्यमी बन्नु भएको छ’ नगरप्रमुख थोप्राले भने, ‘यो एउटा उदारणीय काम हो ।’

सोही अवसरमा उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै महिला उद्यमीले व्यवसायिक रूपमा सिलाएको टिसर्ट खरिद गरिदिएका थिए ।

कार्यक्रममा वडा नं. ६ वडाध्यक्ष मनोज खुलाल कार्कीले सबै वडाबासीलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे । हाल सो पसलमा महिला उद्यमीले तयार गरेका पेन्ट, टिसर्ट, जामा, भोटो, कुर्था सुरुवाल, ब्लाउज लगायतका वस्तु बिक्रीका लागि खुल्ला गरिएको हो ।

महिलाहरुलाई उद्यमी बनाउन अघिल्लो आर्थिक वर्षमा वडामा विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गरिएको वडा सदस्य गोमा रिजालले बताइन् ।

शिवसताक्षी नगरपालिकाले पनि वडा नं. ६ मा विभिन्न समयमा महिला लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र आर्थिक वर्ष २०८०/८१ मा वडाले उद्यमी महिलाहरुलाई प्रविधि हस्तान्तरण गरेको बताइन् ।

सम्बन्धित खबर