२०८१ असोज १, मङ्गलवार , ०९:४०:३५ बजे

Sajhamanch
'

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिए राजीनामा

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् ।

डा. लोहनीले शुक्रबार दिउँसो राजीनामा पत्र दिएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘उहाँ आज मन्त्रीलाई भेटेर राजीनामा दिन आउनुभएको थियो । तर मन्त्रीज्यू बाहिर कार्यक्रममा हुनुहुन्थ्यो,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘मन्त्रीलाई नभेटेपछि सचिवालयमा छोडेर जानुभयो ।’

१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।

सो विषयमा मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको निकट स्रोतले जनाएको छ । डा. लोहनीलाई राजीनामा दिएको विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

सम्बन्धित खबर