२०८१ असोज १, मङ्गलवार , १०:५३:१३ बजे

Sajhamanch
'

एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम र चन्द्रपुरबीच खेल हुँदै

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

यसअघि हिजो भएका खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

सशस्त्रले वालिङ फुटबल क्लबलाई हराएको हो भने आर्मीले बाग्मतीलाई हराएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लब ४ खेलमा १० अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।

आर्मी चार खेलबाट नौ अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

सम्बन्धित खबर