२०८२ माघ ४ आइतवार , ०२:५०:३४ बजे

Sajhamanch
'

लागुऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । प्रहरीले लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी अभिनाशदीप जिसीका अनुसार पूर्वसांसद श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो।

बिहीबार लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको हो।

९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरिएको बताएका थिए। उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद श्रेष्ठ हुन्।

कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको सूचना अधिकारी जिसीले जानकारी दिए। श्रेष्ठमाथि थप अनुसन्धान अगाडि बढाइएको पनि उनले बताए।

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा। श्रेष्ठमाथि रकम लेनदेनको आरोप लागेपछि पार्टीलो उनलाई साधारण सदस्यबाट समेत हटाएको थियो।

सम्बन्धित खबर