२०८१ असोज २, बुधवार , ०५:३२:४५ बजे

Sajhamanch
'

कमल गाउँपालिकाका अर्जुन आफैंले बनाएको चार पाङ्ग्रे गाडीमा सरररर

बिहिवार, भदौ २७, २०८१
  • सरोज भट्टराई, शिवसताक्षी

झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे गाडी निर्माण गरी आज पर्यटकीय स्थल सताक्षीधाममा ल्याएका हुन् ।

गाडीमा सावारी साधान निर्माणमा मेरो पहिलो अभ्यास लेखिएको छ । अर्जुनले चार वर्ष अगाडिदेखि गाडी निर्माण गर्न सुरु गरेको र चार लाख खर्च गरेर उक्त गाडी बनाएको बताए ।

गाडीमा चालकसहित ४ जनासम्म बस्न मिल्ने छ । उनले निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको जानकारी दिए ।

‘‘म गाडी बनाउने र कसैको प्रेरणा र सहयोग पाइएको खण्डमा यसैलाई नै व्यवसाय बनाउँछु भन्ने लाग्थ्यो, उनले भने, हाल मसँग गाडीका लागि खर्च गर्ने पैसा छैन । रकम अभावले गर्दा अरु गाडी बनाउने योजनामा बे्रक लागेको छ ।

उनका अनुसार कसैले लगानी गरिदिए वा सरकारले यस्ता प्रविधि बनाउने नेपालीलाई प्रोत्साहन गर्ने हो भने, म जस्तो गाडी बनाउन लगाए त्यस्तै बनाउन सक्छु भन्ने आँट र हिम्मत संगालेको छु ।

उनले गाडी निर्माण गरेर प्रदर्शन गर्दा कमल गाउँपालिकाले २० हजार रुपैयाँ उपलब्ध गराएको जानकारी दिए ।

हाल निर्माण गरिएको गाडीमा मोटर साइकलको इन्जिन प्रयोग गरिएको छ । पेट्रोलबाट चल्ने उक्त गाडीले १ लिटरले २५ किलोमिटरसम्मको दूरी तय गर्न सकिन्छ । उनले भने, यसमा केही प्राविधिक कामहरु बाँकी छन् । रकम अभावले बनाउन सकेको छैन । गाडी पूर्णरुपमा तयार हुँदा ६० को स्पिडसम्म कुदाउन मिल्छ ।

अर्जनुका बुबा राजन विकले भने, सानैदेखि खेलाउनाहरुको गाडी बनाउने गथ्र्यो । उसको गाडी कुदाउने सानैदेखिको सपना हो । आज आफैं गाडी बनाएर यहाँसम्म ल्याएको छ । उसको गाडीले आफ्नो काममा पनि सहयोग पुर्याएको बुबा राजनले बताए ।

अर्जुनले कक्षा १२ सम्म अध्ययन गरेका छन् । तर उनले ६ कक्षा पढ्दा नै गाडी निर्माण गर्ने सोच बनाएको बताए । उनी आज सताक्षीधाममा केही सामान लिन गाडी लिएर आएका थिए ।

सम्बन्धित खबर