२०८२ जेठ १८, आइतवार , ०२:३७:०६ बजे

Sajhamanch
'

पाँच महिनादेखि चिकित्सक यादव बेपत्ता

बिहिवार, भदौ २७, २०८१

जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् ।

काठमाडौँमा बस्दै आएका उन कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन् । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

सप्तकोशीमा डल्फिन गणना
आइतवार, जेठ १८, २०८२
आइतवार, जेठ १८, २०८२