![](https://sajhamanch.com/wp-content/uploads/2024/09/kedar-karki-1.jpg)
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै अस्ति मङ्गलवारदेखि शुरू गरेको अनशन गएराति तोडेका छन् ।
कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनशन तोडिएको हो ।
अनशनप्रति प्रदेश सरकारले गम्भीर ध्नाकर्षण भएको जनाउँदै जायज मागहरु पूरा गर्ने र कतिपय माग प्रदेश सरकारको बजेटमा उल्लेख गरी रकमसमेत विनियोजन भइसकेको र कार्यान्वयनको तहमा रहेको सहमतिपत्रमा उल्लेख छ । सम्बोधन हुन नसकेका मागहरुलाई सरकारले पूरा गर्ने जनाएको छ ।
पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा शुरू गरेका कार्यक्रम कटौती भएको भन्दै त्यसको बिरोधमा आमरण अनशन शुरू गरेक थिए ।