२०८१ माघ १४, सोमवार , ०९:३०:०३ बजे

Sajhamanch
'

मनसुन फेरि सक्रिय, दुई प्रदेशमा अति भारी वर्षाको सम्भावना

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो सुदूरपश्चिममा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।राति सुदूरपश्चिममा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।हाल देशभर मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।