२०८१ पौष ७, आइतवार , १०:०२:४५ बजे

Sajhamanch
'

सफ्ट्वेयर आवश्यकता सम्बन्धी सूचना !

बुधवार, भदौ २६, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP

कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

सफ्ट्वेयर आवश्यकता सम्बन्धी सूचना !

प्रथमपटक प्रकाशित मितिः २०८१।५।२६

यस संस्थाको लागि बजेट व्यवस्थापन सम्बन्धी सफ्ट्वेयर (Budget Management Software) आवश्यक भएको हुँदा यसप्रकारकोे सफ्ट्वेयर निर्माता तथा वितरक कम्पनीहरूबाट तपसिलका बुँदाका आधारमा रही इच्छा पत्र आह्वान गरिएको छ ।

क. संस्थाको जानकारी

१. संस्थाको हाल झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको छ । संस्थाको बचत तथा ऋण व्यवसाय (५९ वटा सेवाकेन्द्र), डेरी उद्योग, सहकारी पसल व्यवसाय (१६ वटा सेवाकेन्द्र), कृषि फर्म (३ वटा) र चिया उद्योग (३ वटा उद्योग) रहेका छन् । प्रत्येक व्यवसायको आ-आफ्नो प्रधान कार्यालय रहेको छ । समग्र संस्था परिचालन गर्ने कर्पोरेट कार्यालय रहेको छ ।

२. संस्थामा एक लाख ६५ हजारभन्दा बढी सदस्य रहेका छन् ।

ख. अन्य बुँदाहरु

१. सफ्टवेयर बिक्रेता कम्पनीले पहिलो चरणमा इच्छा पत्र (Letter of Interest) पेश गर्नुपर्नेछ ।

२. बिक्रेता कम्पनीले इच्छा पत्र पेस गर्दा कम्पनीको प्रोफाइल, कार्य अनुभव, सफ्ट्वेयरको विशेषता, क्लाइन्ट लिस्ट विवरण र आधिकारिक निकायबाट मान्यता प्राप्त भएमा सो समेतको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।

३. इच्छा पत्र पेश गर्दा बिक्रेता कम्पनीले आ.व. २०७९/८० को कर चुक्ता प्रमाण पत्र, व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कागजातको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।

४. इच्छा पत्र संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालय, मेचीनगर–१३, चारआली, झापा वा इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।

५. सफ्टवेयर बिक्रेता कम्पनीले संस्थासँग पहिलो चरणमा अन्तरक्रिया कार्यक्रम (भौतिक वा अनलाइन विधिबाट) मा सहभागी बन्नुपर्नेछ ।

६. प्राप्त इच्छा पत्रको आधारमा प्रारम्भिक चरणको अन्तरक्रिया कार्यक्रम आपसी समन्वयको आधारमा तय गरिनेछ ।

७. इच्छा पत्र पेस गर्ने अन्तिम मिति २०८१ असोज ३० गते बुुधबार कार्यालय समयसम्म रहेको छ ।

थप जानकारीका लागि–
९८५२६८९४५० (बचत तथा ऋण व्यवसाय प्रमुख)
९८५२६८९४२० (कर्पोरेट, लेखा तथा वित्त विभाग)
९८५२६८९५०५ (बचत तथा ऋण व्यवसाय, लेखा विभाग)

– बचत तथा ऋण प्रधान कार्यालय