२०८१ फागुन १०, शनिवार , ०९:४७:२० बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित

बुधवार, भदौ २६, २०८१

काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्नेगरी बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। प्रधानमन्त्री कार्यालयबाट बैठक स्थगित भएको सूचना आएको एक सदस्यले बताए ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।

आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने तयारी थियो । उपसभामुख इन्दिरा रानालाई सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन् ।