२०८१ फागुन १०, शनिवार , १०:२८:५१ बजे

Sajhamanch
'

प्रक्रियामा जानुअघि नै उपसभामुखले मार्गप्रशस्त गर्नु राम्रो हुन्छ : कांग्रेस प्रमुख सचेतक

बुधवार, भदौ २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख इन्दिरा राना मगरमाथि आचरणको प्रश्न उठेकोले प्रक्रियामा जानुअघि नै मार्गप्रशस्त गर्नु राम्रो हुने बताएका छन्।

बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले उपसभामुख राना मगरले पदीय मर्यादाविपरीत अनुचित कार्य गरेको विषयमा कुनै द्विविधा नरहेको पनि बताए।

‘सत्तारूढ दलहरूको बैठक औपचारिक तथा अनौपचारिक रूपमा बस्छ। कांग्रेस र एमाले मात्रैले दुई तिहाइ मत पुग्दैन, सत्तारूढ दलहरूको साझा धारणा बनाएर अघि बढ्ने हो,’ उनले भने, ‘साझा धारणा बनाउने कुरा भएको छ। आजै, भोलि नै उपसभामुखलाई निकालिहाल्ने भन्ने होइन। हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा पहिले नै उहाँले मार्गप्रशस्त र बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ।’

उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।

सम्बन्धित खबर