२०८१ पौष २४, बुधवार , ०८:५३:३१ बजे

Sajhamanch
'

सिम्रिक साकोसको इकाइगत साधारणसभा जारी

बुधवार, भदौ २६, २०८१

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) बिर्तामोडले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । सोहीक्रममा मंगलबार दमक संस्थाको तेस्रो इकाईगत साधारणसभा सम्पन्न गरेको हो ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले आइतबारदेखि इकाइगत साधारणसभा गरिरहेको हो ।

मंगलवार दमक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको विशिष्ठ आतिथ्यमा तेस्रो ईकाइगत साधारणसभा सम्पन्न भएको हो ।

दमक इकाइ अन्तर्गतका ५ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थितिमा संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५८३ रुपैयाको वासलात प्रस्तुत गरेका थिए । संस्थाले आ.व. २०८१÷०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १३६ रुपैयाँको अनुमानित बजेट सहितको संचालक समितिद्वारा तयार पारिएको प्रतिवेदनलाई अध्यक्ष भट्टराईले प्रस्तुत गरेका थिए ।

सो इकाइगत साधारणसभाको औचित्य तथा संस्थाले अघि सारेका नीतिगत योजना र कार्यक्रमहरुलाई संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले प्रष्ट पारेका थिए ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्दै संस्थागत प्रतिफलमा विशेष योगदान पुर्याउने ३ जना शेयर सदस्यहरु चन्द्र सापकोटा, मनोज राई र देवीमाया ओलीलाई जनही ५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सम्बन्धित खबर