२०८१ मंसिर २७, बिहिवार , ०५:१२:४४ बजे

Sajhamanch
'

देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि भएका ८० जनामध्ये १ जना अस्पताल भर्ना छन् भने ७९ जना निको भइसकेका छन् । यो तथ्याङ्क असार पहिलो सातायताको हो । ईडीसीडीका अनुसार ललितपुरका ५४ जना र काठमाडौँका १२ मा हैजा सङ्क्रमण भएको हो ।

यस्तै, कैलालीका ८ जना, प्युठानका २ जना, रोल्पाका ४ जना तथा सिन्धुपाल्चोक र मकवानपुरका एक–एक जनालाई हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

सम्बन्धित खबर