२०८१ असोज २, बुधवार , ०४:२७:१० बजे

Sajhamanch
'

मलेसियामा सडक दुर्घटनामा परी नेपाली श्रमिकको मृत्यु

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं। मलेसियामा सडक दुर्घटनमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५ खलडाँडाका ४२ वर्षिया काशिराम महर रहेका छन् । रोजगारीको खोजीमा मलेसिया पुगेका महरको मंगलबार विहान कार्यस्थल जानेक्रममा गाडीले ठक्करबाट मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमको लागि शव अस्पताल पुर्याएको छ । मृतक महरको शव नेपाल ल्याउनको पहल भइरहेको वडाध्यक्ष रणबहादुर पुनले जानकारी दिए ।

उनी ढेढ वर्ष अघि वैदेशिक रोजगारीमा पुगेका थिए । महरको घरमा श्रीमती र ३ छोरा छन् ।

मङ्गलवार, भदौ २५, २०८१ | परदेश (प्रवास), समाज

सम्बन्धित खबर