
काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका छन् ।
आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका हुन् ।
कृषि खाद्य प्रणालीमा नाफा मात्र नभएर सामाजिक रूपान्तरमा समेत जोड दिन आवश्यक रहेको बताए । यस्तै सो फोरममा बोल्दै कृषि क्षेत्रका युवालाई आकर्षण गर्नु पर्नेमा जोड दिए ।
‘युवाहरूलाई कृषिमा संलग्न गर्ने सरकारले काम गर्ने छ ।’ उनले भने, ‘कृषि क्षेत्रलाई अनुकूल वातावरण सृजना गर्न आवश्यक छ।’
किसानले आधुनिक प्राविधिक प्रयोग गरेका दाबी गरे । सो बाट किसानले लाभ लिएको बताए । ‘हामीले उपलब्धि पनि हासिल गरेका गरेका छन्,’ उनले भने । आज एक दिने फोरममा विभिन्न लगानी घोषण भएको छ ।